प्रकाश बन्जारा ''बिहानी ''
बिहानैको लालित्यमय घामको ज्योतिले गरेको कडा स्पस्रले उसको तन्द्रा भङ गरिदिन्छ । केहिहिबेर बिछ्यौनामा छट्पटाएपछि आङतन्काउदै उठ्छ र ब्रस खोज्न खोपितिर लम्कन्छ नित्य कर्म सिद्दाएर घरको यताउति नजर डुलाँउछ । उ सुत्ने कोठा छिन्न भिन्न भएको पाउँछ । हिजो नमातुन्जेल त्यहिँ भएका सामानहरु साविककै ठाउँमा हुदैनन् । टि भि अझै झ्यार झयार् गरिरहेको छ । प्राय सामानहरु लथालिङ भएका छन् कोठामा । रात अबेर सम्म खाना खान कर गरिरहेकी श्रीमतिले एक थान भातको साथमा मिठा मिठा परिकारहरु बनाएर ल्याएकी थिइ त्यो थाल पनि जुठो छरिएर रित्तो मात्र भेटाउँछ ।
अमिलो मनको भारी बोकेर भान्छा कोठा तिर लम्कन्छ त्यहाँ पनि बेलुका पकाएको खाना ज्यूको तिउँ भएको पाउँछ । आमालाइ सुरू मा गाली गर्दा आएको चर्को आवाजमा पनि च्याँ च्याँ रुने भुन्टे पनि एका विहानै देखि घरमा छैन । उसको मनमा आज कता कता कालो बादलले डेरा गरेको छ । घरमा अभिभावकत्व निभाउन नसकेकोमा उसलाइ भित्रैबाट ग्लानी भइराखेको छ । घाँस दाउरा जाँदा पिरति गाँसेर ल्याएकी आफ्नीले विवाह पछि मिठो माया पाउन सकेकी छैन । त्यहिँ आफनीलाइ मिठो माया दिन केहि सम्पति कमाउन विदेशिने रहर गर्दा गर्दा आफुसँग भएको थोरै पैसा पनि सबै काठमाण्डौले सिद्धाइसक्यो ।
अरवबाट अरबौ कमाउने सपना सिद्धिएजस्तो भा को छ । भुन्टेसँगका दौँतरीहरु चीटिक्क दोकाधेँ झोला टाइ र सुटमा बोर्डिङ तिर धाउँदा उसको मन कटक्क खान्छ । चाँडै केहि पैसा बटुलेर अरब हानिने सोच थाती नै छ तर पनि एजेन्ट भनाउँदा दाइहरुले ढिलै भएपनि के भयो त राम्रै ठाउँमा जालास भन्दै आस्वासनका मिठा मिठा मिठाइबाहेक केहि दिन सकेका छैनन। यसो सानो तिनो काम खोजेर यतै बस भन्थे त्यो फोहोरी काठमाण्डौको छातिमा कसरी बस्न सक्थ्यो र फर्कियो आफ्नै गाउँतिर । पैसा नभएको बेलामा सुटुक्क फेरी दशैँ आएछ ।सबैका घरमा झिलिमिलि भएछ । उसको गर्जो टार्ने चिन्तै चिन्ता । सबैको श्रीमतीहरु रातो सारीमा सजिँदा उसलाइ कता कता लज्जाबोध हुन्छ । उसले आफ्नि लाइ त्यहि फाटेको सारीमा चित्त बुझाउन आग्रह गर्छ ।
असरल्ल घरको चिन्तामा डुव्दा डुव्दै घाँसको भारी बोकेर आफ्नी आइपुग्छे । साथिसँग खेल्न गएको भुन्टेपनि धुलो मैलो भएर आइपुग्छ । उसले आफ्नो हिजोको गल्ति स्विकार्दै माफिको आशा गर्छ । उसकिले पनि दुइथोपा खुसिको आशुँ झार्दै माफि भएको साउति गर्छे । दु खि मनका सुखि कुरा गर्दै दुबै भाग्यलाइ सराप्छन् । भोली पटक फेरी भाग्य सपार्न एजेन्टदाइलाइ फकाउन भालेको डाकसँगै लाग्छ काठमाण्डौको छातितिर ॥
Tags:
लघुकथा