अब झुम्कामै स्नातक पढाई ?

सुनसरीको झुम्कामै स्नातक सम्मको पढाई सन्चालन गर्ने गरी गोल्डेन व्रिज कजेजले आफ्नो कार्यक्रम सुरु गरेको बताइएको छ । रामधुनी नगरपालीका वडा नँ- ५ लगुना चौकमा सन्चालनको तयारीमा रहेको गोल्डेन व्रिज रामधुनी नगरभित्र सन्चालन भएका निजी स्कुलहरुको सक्रियतामा आउन लागेको बताइएको छ । झुम्कामा उत्पादन भएका उच्च शिक्षाको लागि तयारी भएका विद्यार्थीहरु खाली इटहरी र टाढा जानु परेको भन्दै गुणस्तरीय उच्चशिक्षा दिने गरी कलेजको सोच बनाइएको व्यवस्थापकिय समुहले दाबी गरेको छ ।
रामधुनी वडा नम्बर ५ झुम्कास्थित उक्त कलेज नयाँ व्यवस्थापनसहित सञ्चालनको अन्तिम तयारीमा छ । हाल कलेजले कक्षा ११ र १२ का लागि कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, व्यवस्थापन र शिक्षा शास्त्रको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ भने निकट भविश्यमा विज्ञान विषयलाइ पनि समेटेर अगाडी बढ्ने बताइएको छ । सैद्धान्तिक शिक्षालाई ब्रेक गर्दै दक्ष जनशक्ति उत्पादन आफूहरूको पहिलो प्राथमिकता रहेको कलेजको तयारीका लागि सक्रिय हरी रायमाझी बताउँछन् । शिक्षा शास्त्र अध्ययन गर्ने विद्यार्थीमा दक्षता नहुँदा आज खोजेजस्तो शिक्षक जन्माउन पनि शिक्षा सँकाय समेटिएको रायमाझिले बताएका छन् आफूहरूको मुख्य उद्देश्य स्नातक तहको अध्यापन भए पनि हाल आधार निर्माणका लागि ११, १२ को कक्षा सञ्चालनमा ल्याउन लागिएको र छिट्टै स्नातक तहको अध्यापन सुरु हुनेसमेत सञ्चालकको दाबी छ । निकै लामो समयदेखिको प्रयास र रामधुनीका शैक्षिक संस्थामा आबद्ध शिक्षकहरूकै समूहद्वारा सञ्चालित यस कलेजले रामधुनी र आसपासका विद्यार्थीलाई मध्यनजर गर्दै अध्यापन गराउने सन्चालकको दावी छ ।

Post a Comment

Previous Post Next Post