म र मैले लेखिरहेको कविता

कविता


                                             प्रकाश बन्जारा ''बिहानी ''

यतिखेर कविता लेखिरहेको छु

अर्थात भर्नाै म

कविता खिइरहेको छु

निकै बर्ष अघि देखि

जीवनका कोरा पानाहरु

म्ा कविता ले भर्ने प्रयत्नमा छु

घरी घरी त लाग्छ

कुतै कविताले मलाइ त कोरीरहेको छैन

कवितामा म धेर्रै्र पटक चोइटिएको छु

ल्ोख्दा लेख्दै पोखिएकाृे छु

उठाउने क्रममा फेरी चुहिएको छु

हिजोको त्यो हृष्ट पुष्ट शरिर

आज सुकेर भाटो जस्तै भा छ

भनैा

म दूव्लाएको छ

कविता मोटाएको छ

पुस माघको जाडोहरुले

चैत वैसाषको सिरेटोहरुले

अनि

साउन भदौको खहरेहरुले

मेारो कवितालाइ केहि लछारपाटो

लाउन सक्र्दैन

किनकी मैले यसलाइ जतन गरेको छु

मेरो चालिस बर्ष पुरानो घरको

अधेँरो मझेरी भित्र

एउटा पुरानो बाकसमा

्रैमैले कोरेका कविता हरु

मेारो जीवनका पाण्डुलिपीहरु

धुाँवाले मडारिएका खोपीहरुमा

सधेँ भरी रहने जीजीविषा पाल्दै

ब्ासिरहेका छन्

अथवा भनैा

म्ा नै कविता बनेर बसिरहेको छु

म्ा यतिखेर कविता लेखिरहेको छु

घरी घरी मलाइ नै दुखाँउँछ मेरो कविता ले

यहि कविता लेखेर

म कति रोएको छु

कति पटक कालो कोठरी भेटेको छु

अवता के लेखौँ कविता भन्छु

त्यही कुरा कविता बनेर आउँछ

अनि म त्यहि कविता बाँचेको छु

अब म यो जान्न चाहान्छु

कि म कविता लेखिरहेको छु

कि कविताले मलाइ लेखिरहेको छ ॥




Post a Comment

Previous Post Next Post